हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘हामी यहाँ छौँ’ भन्दै सडकमै बसे तीन पूर्व-प्रधानमन्त्री

झापा/  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद्) हठात् विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

Advertisement

प्रदर्शनमा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेताहरू सहभागी छन् । प्रदर्शनमा सहभागी भएकाहरू ‘हामी यहाँ छौँ’ लेखेको पम्प्लेट टाँसेर बसेका छन् ।

Advertisement

प्रदर्शन शान्तिपूर्ण छ । कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरूले ‘प्रतिनिधिसभा विघटन खारेज गर’ ‘संवैधानिक कु मान्दैनौं’ जस्ता नारा लगाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)