हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

६० प्रतिशत पालिकामा एमालेले जितेर स्थानीय सरकार चलाउँछः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन–०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भएपनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए ।

Advertisement

उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन्, यो गठबन्धन एमाले सामु केही होइन ।’

Advertisement

नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी पनि गरे । उनले पाँच वटा महानगर, नौ वटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए ।

यस्तै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगर प्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)