कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : बहिरो

  • राज कुमार कार्की

फेरि जापान युरोप तिर किन सिन्डिकेट लाग्दैछ।
किन हो यिनले संविधानको उछित्तो काढ्दैछ।।

Advertisement

रहर भए आफ्नो कम्पनीको नाम सिन्डिकेट बनाउ।
मलामी पाउन मुस्किल छ अब त अति भो नगनाउ।।

Advertisement

किन हो आजकल बै रो संघ बहिरो नै पो त भएछ।
त्यहीँ भएर होला जति चिच्याउदा नि कानै सुन्दो रहेनछ।।

परिवार नियोजन संघ भन्दा बै रो संघ निकम्बा नै भएछ ।
त्यही भएर होला जस्ले जे जे गरे नी चुप लागि बस्दो रहेछ।।

किन राख्दैन  आजकल बुद्धि विवेक हेक्का।
बस्दैछ लेखेर खाली मुहार पुस्तिकामा पाएझै ठेक्का ।।

सक्छौ भने कारवाही गर सिन्डिकेट धारीलाई ऐले।
नत्र यिनले टाउको उठाउनेछ्न मौका हेरि जहिले ।।

थाहाछ हामीलाई पनि अहिले कोरोनाको छ कहर।
सक्दैनौ भने भन चाडो आउछौ सडकमा नमानेर रहर।।

महिला कामदारको किन सिन्डिकेट नै बनायो पहेले।
सबैले कामगर्न पाउनु पर्दछ करोडौंको धरौटी छ अहिले।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article