हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समितिमा लोकतान्त्रिक समूह विजयी

 झापा। जिल्लाको हल्दिबारी गाउँपालिका स्थित पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समितिको १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ।
शनिबार भएको निर्वाचनमा कांग्रेस—राप्रपा गठबन्धनका अक्ष्यक्ष पदका उम्मेद्वार चिरनजीवि पौडेल विजयी भएका छन्। उनले अर्का प्रतिष्पर्धी प्रगतीशिल समूहका जित बहादुर राजबंशीलाई ७१ मतको अन्तरले पराजित गरेका हुन्। पौडेलले ४५३ मत पाएका थिए भने राजबंशीले ३८२ मत प्राप्त गरे।
त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समूहकै श्यामलाल मेचे, सचिवमा प्रगतिशिल समूहकी भावना मैनाली, कोषाध्यक्षमा लोकतान्त्रिक समूहका हेमराज काफ्ले र सहसचिवान शालिग्राम पराजुली निर्वाचित भएका छन्।
त्यस्तै क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्यमा लोकतान्त्रिक समूहका विजय लावती र सपना थामसुहाङ विजयी भए भने प्रगितशिल समूहकी रिना खरेल विजयी भएकी छन्। क्षेत्र नम्बर २ र ३ का क्षेत्रीय सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)