समाचार
हल्दिबारी संवाददाता २७ मिनेट अगाडि

नेपाल–भारत उच्चस्तरीय वार्ता सम्पन्न : आपसी सहकार्य र सम्बन्ध विस्तारमा जोड

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

​भेटवार्तामा द्विपक्षीय हित, आपसी सहकार्य र समसामयिक विषयमा केन्द्रित रहेर छलफल भएको छ। वार्तामा दुवै देशका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

​नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए भने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह सहभागी थिए। यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायतका अधिकारीहरू पनि वार्तामा उपस्थित थिए।

​भारतीय पक्षको नेतृत्व प्रधानमन्त्री मोदीले गरेका थिए। भारतीय टोलीमा विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद तथा प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास सहभागी थिए। त्यसैगरी, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायतको उपस्थिति रहेको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)