स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिबारीका अभिषेक भन्छन “रक्तदान गर्नु आफ्नै लागि लाभदायी”

आफ्नो इच्छा ले कसैलाइ रगत दान गर्नु रक्तदान हो ।पहिले ‘रक्तदान जीवन दान हो’ भनिन्थ्यो भने अहिले ‘सुरक्षित रक्तदान नै जीवन दान हो’ भनिन्छ। किनभने अस्वस्थ मानिसले दान गरेको रगतले राम्रो भन्दा पनि नराम्रो परिणाम उब्जाउँदछ। त्यसैले रगत दान गर्नुभन्दा पहिले सबैले आफ्नो स्वास्थ्य ठीक छ कि छैन भनेर जाँच गर्नु आवश्यक हुन्छ।

Advertisement

रगत भनेको हाम्रो शरीर सञ्चालनको लागि चाहिने महत्वपूर्ण अंश हो। मुटु, धमनी, रक्तनसा र रक्तकेशिका हुँदै बहने रगतले हाम्रो शरीरका तन्तुहरूमा इलेक्ट्रोलाइट, भिटामिन, पोषण तत्व, हरमोन अनि अक्सिजन पुर्याउने काम गर्दछ। रगतले तन्तूहरूबाट फोहोर पदार्थ र कार्बनडाइअक्साइड बोक्ने काम पनि गर्दछ।

Advertisement

शल्यक्रिया गर्दा, कुनै किसिमको दुर्घटनामा घाइते हुँदा, प्रसवावस्थाको बेला अनि रगतसम्बन्धी रोगहरूको उपचार गर्दा बिरामीहरूलाई रगतको जरुरत पर्दछ। रक्तविशेषज्ञ तथा रक्तदान अभियान्ताहरुका अनुसार “शरीरबाट रक्तस्राव भएको बेला अथवा शरीरबाट हेमोग्लोबिनको उत्पदान हुन बन्द भएमा सो बिरामीलाई तुरुन्तै रगत दिनुपर्ने हुन्छ।

समयमै रगत प्रदान गर्न सकिएन भने, बिरामीको मृत्यु पनि हुन सक्छ।” हल्दिबारी गाउँपालिकाका अभिषेक प्रत्येक ३ महिनाको अन्तरलालमा रक्तदान गर्ने गर्छन। खतिवडा ले आज पाथीभरा हस्पिटल भद्रपुर मा मिर्गौला को समस्या भएको अम्बिका लिम्बूलाई डाइलोसिसकालागि भद्रपुर ब्लड बैंक मा १० औ पटक को रक्तदान गरेका छन। उनीले १० औ पटक सम्म सबै हल्दिबारी बासीलाई रक्तदान गरेका हुन।

उनी युवा वर्गको उमेर १८ देखि ६० वर्ष र तौल ४५ किलोग्राम माथिको ले नियमित रक्तदान गर्नु पर्छ भन्ने अभियानमा पनि निरन्तर छन।उनी भन्छन प्राय अधिकांशले अरूको ज्यान बचाउनका लागि रक्तदान गर्ने गर्छन्। हुन त हो, अस्पतालहरूमा सेकेण्ड सेकेण्डमा रगतको खाँचो भैरहेको हुन्छ र एकजनाले दान गरेको रगतले २ देखि ३ जनाको ज्यान बचाउन सक्छ।

तर, यो पनि जान्नु जरुरी हुन्छ कि रक्तदानले अरूको लागि मात्रै फाइदा गर्दैन। यसले तपाईँको आफ्नै शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। रक्तक्यान्सर हुन सक्ने खतरालाई पनि कम गर्दछ साथै रक्तदान गरेमा तपाईँको कलेजो र अग्न्याशय (प्यान्क्रियाज) मा हुने समस्यालाई पनि कम गर्दछ। यति मात्रै कहाँ हो र? मुटु सम्बन्धी समस्या अनि मोटोपनाको समस्यालाई पनि रक्तदानले कम गर्दछ।

अर्को कुरा के हो भन्दा अझसम्म मानिसको लागि रगतको कृत्रिम विकल्प बनेको छैन। त्यसले गर्दा पनि रक्तदान गर्नु एकदमै महत्वपूर्ण हुन आउँछ। रक्तदान गर्दा आफ्नै स्वास्थ्यमा कस्ता फाइदाहरू हुन्छन:

१. तपाईँको शरीरमा फलामको मात्रा नियन्त्रण हुन्छ : रक्तदान गर्ने सायद यो नै सबैभन्दा महत्वपूर्ण कारण हुन जान्छ। हरेक चोटि रगत दान गर्दा तपाईँको शरीरले १ ग्रामको चौथाइ भाग जति फलाम गुमाउँछ। यो सुन्दा त सुरुमा नराम्रो ठान्नुहुन्छ होला, किनभने शरीरमा फलामको मात्रा कमि भयो भने रिँगटा लाग्ने, प्रतिरक्षा प्रणालीमा ह्रास हुने जस्ता समस्याहरू देखा पर्दछन्। तर यो पनि थाहा पाउनु जरुरी हुन्छ कि शरीरमा फलामको मात्रा बढि हुँदा झन् नकारात्मक समस्या आउन सक्छ, जस्तै; ‘हेमोक्रोमाटोसिस’ (Hemochromatosis)। हेमोक्रोमाटोसिस हुँदा तपाईँको कलेजो, मुटु, अग्न्याशय, ग्रन्थि अनि हाडजोर्नीमा समस्या आउँदछ। रक्तदान गरेपछि शरीरमा बढि भएको फलामको मात्रा घट्दछ र यस्ता खतरनाक समस्या हुनबाट बच्न सकिन्छ।

२. रक्तसञ्चारमा सुधार आउँछ  : तपाईँलाई थाहा छ- धेरै गुलियो खाना, धुम्रपान, टिभी अनि मोबाइलको विकिरण, तनाव, थकान र कोलेस्ट्रोलले हाम्रो रगतलाई के गर्दछ? यस्ता सबै कुराहरूले हाम्रो रगतलाई बाक्लो गराई रक्तसञ्चारलाई ढिलो गराउँदछ, जसले शरीरमा रगत जम्ने अनि हृदयघात हुने खतराको सम्भावना बढ्दछ। साथै राम्रोसँग रक्त सञ्चार हुन नपाएपछि शरीरका तन्तूहरूमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन। नियमित रक्तदान गर्नाले हाम्रो रगतको सञ्चारमा सुधार आउँदछ। रक्तनलीहरूमा जमेर बसेको रगत पनि हट्दछ र शरीरका अङ्गहरूलाई चाहिने अक्सिजनको सञ्चार पनि राम्रोसँग हुन्छ।

३. क्यान्सरको सम्भावनालाई कम गराउँदछ :  रक्तदानले क्यान्सर हुन सक्ने सम्भावनालाई पनि कम गराउँदछ। किनभने रगत दान गर्नाले शरीरमा फलामको मात्रा नियन्त्रण हुन्छ, जसको सीधा सम्बन्ध क्यान्सरसँग हुन्छ। शरीरमा थोरै फलाम भएपनि क्यान्सर हुने सम्भावना बढ्छ, धेरै भएपनि क्यान्सरको सम्भावना बढ्छ।

४. रगत जाँच गर्ने मौका पाउनुहुन्छ : मनोवैज्ञानिकहरूले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भन्दा, आफ्नै फाइदाको लागि रक्तदान गर्नेहरूको औषत आयू अरूको ज्यान बचाउनको लागि रक्तदान गर्नेहरूको भन्दा कम हुने गर्दछ।

५. रगत जाँच गर्ने मौका पाउनुहुन्छ :  रक्तदान गर्नुभन्दा पहिले तपाईँको रक्तचाप, पल्स अनि हेमोग्लोबिनको मात्रा नापिन्छ, यो त सबैलाई थाहा नै छ होला। साथै, तपाईँको रगतमा एचआइभी, हेपाटाइटिस बी र सी जस्ता १३ प्रकारका सङ्क्रामक रोग छ कि छैन भनेर पनि जाँच गरिन्छ। यसले गर्दा तपाईँले आफ्नो रगतको स्वास्थ्यको बारेमा जानकारी पनि पाउन सक्नुहुन्छ, जुन राम्रै पक्ष हो। क-कसले रक्तदान गर्न सक्छन्? १८ देखि ६० वर्ष उमेरका कुनै पनि लिङ्गका व्यक्तिहरूले रक्तदान गर्न सक्छन्। रक्तदाताको तौल ४५ किलोग्रामभन्दा बढि हुनुपर्छ। रक्तदाताको रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम वा सोभन्दा बढि हुनुपर्दछ।

रगत दान गर्ने व्यक्तिहरूको स्वास्थ्य स्थिति सामान्य हुनुपर्दछ साथै क्षयरोग, यौन रोग, मधुमेह, दम, उच्च रक्तचाप, कम रक्तचाप, मृगौला तथा मुटु रोग, जण्डिस, एड्स जस्ता समस्या भएका व्यक्तिहरूले रक्तदान गर्नुहुँदैन। हालै मात्र कुनै पनि औषधी सेवन गरेका व्यक्तिहरूले रक्तदान गर्नुहुँदैन। महिनावारी भएको ८ दिन भित्र महिलाहरूले रक्तदान गर्नुहुँदैन। गर्भवती महिला अथवा स्तनपान गरिरहेका महिलाहरूले पनि रक्तदान गर्नुहुँदैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article