स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चिल्ड्रेनमा ” बाल मनोबैज्ञानिक शिक्षण बिधिबाट अध्यापन शुरु “

हल्दिवारी l  झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ देखि विद्यालयमा मनोबैज्ञानिक कार्यक्रम लागु गर्न मनोविद डा. सुशील कंडेल निर्देशक रहनु भएको नेशनल प्रोग्राम सेन्टर संग ५ बर्षको सम्झौता गरेको छ ।

Advertisement

चिल्ड्रेनका प्रिन्सिपल दुर्गामणी गौतमका अनुसार रास्टिय तथा अन्तर्राष्ट्रिय विभिन्न सस्थाहरुमा आवद्ध रहि काम गरिरहनु भएका मनोविद डा. कंडेलको प्रत्यक्ष सम्लग्नता र सहभागितामा विद्यालयले शैक्षिक गतिविधि अगाडि बडाउने छ ।

Advertisement

सुबिधा सम्पन्न आफ्नै भवनमा माथिल्लो कक्षा ( ९-१०) मा अध्यन गर्ने विद्यार्थीहरुको पढाईको चाप र गहनतालाई सहयोग पुर्याउने गरि वातावरण मिलाउन A/ C को समेत व्यवस्थापन विद्यालयले गरेको छ । कक्षा ११-१२ मा अध्यन गर्ने विद्यार्थीहरुलाई ड्राइभिङ्ग लाइसेन्स निकाल्न र आत्मनिर्भर बन्न सक्षम हुनेगरी ड्राइभिङ्ग तालीमको समेत यसै बर्षदेखी व्यवस्था मिलाएको छ ।

विद्यालयले सानासाना नानिहरुको मन्टेश्वरी बिधिबाट पठनपाठन सुरु गरेको छ । गौतमका अनुसार पढाईको अतिरिक्त खेलकुदलाई समेत प्रमुख प्राथमिकतामा राख्दै योग ,कराते ,कवडी ,फुटबल ,भलिबल जस्ता खेलको बिकास गर्न रास्टिय स्तरका खेल शिक्षकको व्यवस्था समेत गरेको छ । त्यसैगरी मनोरञ्जनलाई ध्यानमा राख्दै डान्स तथा गायन शिक्षकको व्यवस्था समेत विद्यालयले गरेको छ ।

विद्यार्थीहरुलाई आपतकालीन स्वास्थ्य उपचारका लागि एकजना स्टाफ नर्सको समेत व्यवस्था विद्यालयले गरेको छ । गौतमका अनुसार आउदो बर्षदेखी प्राविधिक धारमा विद्यालयलाई लैजादै क्याम्पसको लागि समेत पहलकदमी अगाडि बढाएको छ । त्यसको साथसाथै विद्यार्थीहरुलाई उत्साहित तथा ज्ञान दिनको लागि धार्मिक ,ऎतिहासिक ठाउँको शैक्षिक अवलोकन भम्रणको समेत व्यवस्था गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article