हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा २९४ विद्यार्थीको लागि पोसाक वितरण

जलथल – २१ असार । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले २९४ विद्यार्थीलाई पोसाक बितरण गरेको छ । आज वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरु केदार उप्रेती ,गितादेवी भण्डारी ,महेसलाल मेचे ,पवित्रा सेन्चुरी तथा वडा सचीव जय पोखरेलको विशेष आतिथ्यमा भएको कार्यक्रम विद्यार्थीको लागि पोसाकको कपडा हस्तान्तरण गरिएको हो ।

Advertisement

Advertisement

वडा नम्बर ४ मा रहेको महेन्द्र माविमा १ देखि ५ सम्म अध्यनरत १३० विद्यार्थी र दिपेन्द्र प्रावीका १६४ विद्यार्थीहरुको लागि सट र पेन्टको कपडा विद्यालयलाई हस्तान्तरण गरिएको छ । वडामा रहेको महिला बिकास समितीले आफ्नो कार्यक्रम अन्तरगत महिला बिकास उपभोक्ता समिति मार्फत खरिद गरि विद्यार्थीको लागि स्कुल पोसाक बितरण गरिएको समितिकि संयोजक गितादेवी भण्डारीले बताउनु भयो ।

उनका अनुसार वडाले महिला बिकास समितिलाई छुट्याएको २ लाखको कार्यक्रम अन्तरगत पोसाक बितरण तथा सिलाई कटिङ्ग बेसिक ३ महिने तालिम २८ जनालाई ,फेसन डिजाइन तालीम १९ जनालाई दिएको छ भने २० हजार बराबरको खानेपानीको सदस्यता अपांग तथा अति विपन्न परिवारलाई दिएको छ ।

वडाका अति विपन्न ,दलित ,जनजाति तथा आदिवासी समुदायका महिलाहरू लाई आत्मनिर्भर बनाउन तालिम दिएको र १० जनाले व्यवसाय शुरु गरि सकेको भण्डारीले बताउनु भयो ।

महिला बिकास उपभोक्ता समिति संयोजक ओम कुमारी बासकोटाको अध्यक्षतामा भएको पोसाक बितरण कार्यक्रमलाई प्रमुख अतिथी होम प्रसाद चुडाल ,वडा सदस्य गितादेवी भण्डारीले मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण जय दाहालले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)