हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो, कुनको कति पुग्यो ?

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । मंगलबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

Advertisement

जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन लिटरमा दुई दुई रुपैयाँले बढाएको हो भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

Advertisement

अब पेट्रोल लिटरको १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै हवाइ इन्धन आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ८४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ रहेको छ । यो मूल्य मंगलबार राती १२ बजेबाट लागू हुनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)