हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस महाधिवेशन र दिपनकुमार श्रेष्ठ

  • सरोज दाहाल , संखुवासभा

नेपाली कांग्रेस यहाँसम्म आइपुग्नुमा हाम्रा आदरणीय नेताहरू बीपी, गणेशमान, सुवर्ण, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला शैलाजा आचार्य , बल बहादुर राई भिम ब तामाङ ,गोपालराज पहाडी सँगै वर्तमान सभापति शेरबहादुर देउवा र शिर्ष नेताको महत्त्वपूर्ण भुमिका छ।

Advertisement

यिनै शीर्ष नेताहरूले निर्माण गरेको जगमा नेपाली कांग्रेस संखुवासभामा आदरणीय नेता लिला दाहाल, पद्मनाथ रेग्मी , शिव कुमार गौली ,मान बहादुर मजिया ,बंशिराज रेग्मी , तारामान गुरुङ , यसनारायन श्रेष्ठ ,सेबक शाक्य , संकरमान कडेल ,बद्री घिमिरे र पछिल्लो समय दिपक खडका राम बहादुर बस्नेत ,ज्ञान् ब कार्की ,पासाङ सेर्पा जनक थापा, टंक राई ,बिना पौडेल ,उषा कार्की ,थलकुमार लिन्खा ,महेश थपलिया ,भक्त ब गुरुङ कुमार बाब अधिकारी ,मुक्ती सिंह राई ,रामकुमार जिमि ,दिपक लिम्बू ,थिर बहादुर राई युवामा निर्मला बस्नेत , डम्बर बस्नेत , राजेन्द्र घले पदम ब अधिकारी हरिश्वर मगर ,दधिराम निरौला , शुशिलराज दाहाल,,टकमान घले जिवनकुमार राई,,छत्र मनि काफ्ले ,चक्र गुरुङ ,गोकुल खत्री बबिता पौडेल , लोकेन्द्र लिम्बू ,संन्जय शेर्पा , पसि सेर्पा ,बिरमान लिम्बू लगायत जिल्लाका अग्रज नेताको अहम भुमिका छ।

Advertisement

अहिलेको आवश्यकता अनुरुपको सक्षम र सबल पार्टी पुनःनिर्माण गर्न यो जिल्लाको आजको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्नु कांग्रेस र दिपनकुमार श्रेष्ठ को उत्तिकै गौरवपूर्ण योगदान रहेको छ । कम्युनिष्ट शासन पद्धति र कम्युनिष्ट अर्थतन्त्रले काम गर्न सक्दैन यसमा नेपाली जनता र संखुवासभालि जनताको कुनै भविष्य छैन भन्ने सन्दर्भ श्रेष्ठ ले सजिलै हिजो नै आँकलन गरेर बोलिसकेको कुरा अहिलेको नेकपा एमालेको सरकारले पनि स्पष्ट पारेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (हाल सर्वोच्च अदालतले अवैध ठहर गरेपछि पुरानै पार्टी छुट्टिएको अवस्था) को स्पष्ट बहुमतको सरकारले नै बताएको थियो । दिपनकुमार श्रेष्ठ नेपाली कांग्रेस संखुवासभाको नेतृत्वमा संगठनकर्ता, मूल्यमान्यतामा आधारित जिल्ला विकासको दीर्घकालीन सोच र संखुवासभालि जनताले भरोसा गर्ने व्यक्तित्व पनि हुन् ।

त्यसकारण पनि उनी फेरि कांग्रेसको नेतृत्वमा यसअघि कांग्रेस सरकारको नेतृत्व गर्दा समग्रमा गरेका कामलाई गाउका जनता सम्म पुर्याउनु पर्छ । जिल्लामा पछाडि परेका समुदायको लागि जहिले पनि अग्रपंक्तिमा बसेर काम गर्छन् र सबैलाई समान व्यवहार गर्ने उनको खुबी छ। अझै भन्नुपर्दा संखुवासभामा जन्मेर आफ्नो कुरा सम्म राख्न नसक्ने म जस्ता लाखौं विद्यार्थी को लागि संघर्ष गर्दै ने बि संघको केन्द्रिय नेतृत्व मा रहि जिल्ला नेतृत्वमा रहेर सबै जनताको हक अधिकार लागि बुलन्द आवाज उठाइ कार्यान्वयनगर्न समन्वय गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

त्यसैले पार्टीभित्र र जिल्लाका हरेक संरचना समावेशी समानुपातिक समावेशीकरणको आवाज उठाउने समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पहल गर्ने व्यक्ति श्रेष्ठ हुन् । त्यसैले पार्टीभित्र उनले खेलेको भूमिका अतुलनीय छ । व्यक्ति भन्दा पनि सबैको कांग्रेस, विचारको कांग्रेस, जनताको कांग्रेस, सत्आवाज बोक्ने कांग्रेस, नागरिकको भरोसाको कांग्रेस ,समुन्नत जिल्ला, स्वाभिमान र गरिमाको कांग्रेस, लोकतान्त्रिक समाज निर्माणको अभियान, कांग्रेस आम नागरिकको आर्थिक सवलीकरणका लागि ठोस योजना र परिणाम दिने कांग्रेस जनजीविकामा व्यापक सुधार ल्याइ उच्चस्तरीय जीवनयापन दिने संखुवासभा नेपाली कांग्रेस बनाउन श्रेष्ठको अझै खाँचो छ । हुनत कांग्रेस एक व्यक्तिले मात्र बनाउने होइन । सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने गर्दछ । त्यो जरुरी छ । लाखौं कार्यकर्ता संगठित नभई कांग्रेस बन्दैन ।

त्यसलाई कमाण्ड गर्ने व्यक्ति पनि उत्तिकै सबल हुनु जरुरी छ । कर्तव्य परायणताले नै कांग्रेसले लोकतन्त्रको लामो लडाइँ लड्यो र विजय प्राप्त गर्‍यो । आज हाम्रो अग्रजहरुको त्यो कर्तव्य पारायणता हाम्रो गौरव हो भने परिपालना हाम्रो कर्तव्य हो । तसर्थ प्राप्त लोकतन्त्रको संरक्षण गर्दै लोकतान्त्रिक समाजवादको लक्ष्यमा पुर्याउन संखुवासभा नेपालि कांग्रेसमा श्रेष्ठ को औचित्य छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशन नजिकिँदै गर्दा समग्र कांग्रेस पार्टी यतातर्फ होमिएको छ । यसलाई निष्कर्षमा पुर्याएर सबल र सक्षक कांग्रेस बनाउनु जरुरी छ । यसमा सबैभन्दा ठूलो भूमिका सभापति श्रेष्ठले पुनः खेल्नुपर्ने जरुरी देखिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)