विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, युनियन लाइफको बिहीबारदेखि खुल्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। बुधबार बिहान १० बजे फेसबुक लाइभ कार्यक्रम गरी आईपीओ बाँडफाँड गरिएको छ। जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो।

Advertisement

जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए। क्यापिटलका अनुसार यो आईपीओमा कुल २० लाख ८७ हजार ३१७ आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ३४० कित्ता माग भएको छ। जसमध्ये ३५ हजार ८०५ आवेदकबाट माग भएको ५ लाख २५ हजार ३४० कित्तालाई शंकास्पद भनिएको छ। यसैगरी ३ हजार ४७१ आवेदकबाट परेको ५४ हजार २४० कित्ता बदर गरिएको छ। आस्बा सेवाबाट कुल ६५ हजार ५३८ आवेदकबाट माग भएको १४ लाख ७० हजार ७४० कित्ता खारेज गरिएको छ।

Advertisement

यो आईपीओमा २० लाख १८ हजार ३०८ आवेदकबाट माग भएको २ करोड ९७ लाख ७४ हजार ३६० कित्ता सदर गरिएको छ। सदर आवेदकमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। १० कित्ताभन्दा बढी माग गर्दै आवेदनहरुमध्येबाट ५ जनाले गोलाप्रथा थप १-१ कित्ता सेयर पाएका छन्।

यसैबीच युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ भोलि असार २४ गतेबाट निष्कासन हुँदैछ। यो आईपीओमा २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो। जुन हालसम्म सर्वाधिक आवेदन हो। यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० आवेदन परेको थियो।

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article