नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गर ठगी गर्नेको संख्या बढ्दै गएको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर आ।व।२०७७र०७८ मा अनलाइनबाट ठगीएको भन्दै ४७० वटा उजुरी परेका छन् । उक्त उजुरीमा अनलाइनबाट ७० करोड रुपैयाँ ठगी भएको पाइएका छ ।

महाशाखाका अनुसार आ।व। २०७७र०७८ अनलाइबाट ठगी गर्ने १९ जना अभियुक्त पक्राउ गरी उनीहरु विरुद्ध मुद्धा चलाइएको छ । अभियुक्तमा १६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

उनीहरुले १७ जना पुरुष र २२ जना महिलाबाट ३ करोड ७ लाख ३७ हजार ६०८ रुपैयाँ बराबरको ठगी गरेका थिए । बाँकी उजुरीका आधारमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।