स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा आज एकै दिन ६ जना कोरोना संक्रमितले ज्यान गुमाए 

पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण घट्दै गएको छ । संक्रमण मुक्त हुनेहरुको संख्या संक्रमित भन्दा झण्डै दोब्बर नै देखिदै आएको छ । तर पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या उस्तै नै रहेको छ ।

Advertisement

आज मात्र प्रदेशका विभिन्न स्थानमा १८ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा पुरुषको संख्या महिलाको भन्दा दोब्बर रहेको छ । आज मात्रै ६ महिला र १२ पुरुष गरी १८ जनाले ज्यान गुमाएका हुन् । सबैभन्दा बढि ज्यान गुमाउने जिल्लामा झापा रहेको छ ।

Advertisement

झापामा मात्रै आज ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।झापामा २ महिला र ४ पुरुष गरी ६ जनाको ज्यान गएको हो । त्यस्तै ज्यान गुमाउनेहरुमा सुनसरीमा २ महिला ३ पुरुष, धनकुटामा १ महिला र १ पुरुष, उदयपुर, इलाम, संखुवासभा, ओखलढुंगा र ठेगाना नखुलेकामा समान १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा अहिले सम्म कुल १ हजार ३ सय ३३ जना संक्रमितको निधन भईसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article