स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कचनकवलमा २०२ जनालाई कोरोना संक्रमण हुँदा ५ जनाको ज्यान गयो

बनियानी – झापाको कचनकवल गाउँपालिकामा कोभिड -१९ को दोस्रो लहर सुरुभए एता २०२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य शाखा प्रमुख तथा कोभिड -१९ फोकल पर्सन जागेश्वर प्रसाद यादवका अनुसार कोरोना संक्रमणको दोस्रो लहर शुरुभए पछि २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणकै कारण ५ जनाको ज्यान गएको छ ।
उनका अनुसार कोरोना संक्रमणको पहिलो लहर हुँदा ज्यादै चुनौती रहेको कचनकवलमा १८८ जनामा संक्रमण तथा २ जनाको मृत्यु भएको थियोे ।
झापामै कोरोनाको हटपोट मानिएको कचनकवलमा पहिलो चरणमा १८ सय नागरिकको पिसिआर र एन्टिजिन टेस्ट गरिएको थियोे भने दोस्रो लहर सुरुभए एता हिजो असार २५ सम्ममा कोरोना लक्ष्यण देखिएका ३१५ जनाको टेस्ट गरिएको यादवले जानकारी दिनुभयो ।
कोरोना संक्रमण फैलिन नदिन दैनिक एन्टिजिन परिक्षण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले ,संक्रमीत लाई होम आइसोलेसनमै राखेर स्वास्थ्य कर्मी सहितको टोलि औषधि सहित दैनिक घरघरमै उपचारमा पुग्ने गरेको प्रमुख यादवले बताउनु भयो ।
कोरोना संक्रमितलाई गाउँपालिकाले १५ सय बराबरको पौस्टिक आहार समेत गाउँपालिका अध्यक्ष उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत सहितको जनप्रतिनिधिहरुको टोलिले घरघरमै पुर्याएर बितरण समेत गरेको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article