नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । सर्वोच्चको आदेशसँगै देउवालाई राष्ट्रपति विद्या भण्डारीले आज प्रधानमन्त्रीमा शपथ गराउनुभएको हो ।

शपथसँगै देउवाले सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । जसमा कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना नेता समावेश छन् ।

कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ भने ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
त्यसैगरी माओवादीबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालयको र पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालय र मन्त्रीको टुंगो नलागेकोले जनता समाजवादी पार्टीले मन्त्रीमण्डलमा सहभागिता जनाएको छैन ।