समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सर्वोच्च परिसरमा झडप, ६ वकिल घाइते

सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो ।

Advertisement

झडपमा परी ६ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध कानुन व्यवसायीहरुले चर्को नाराबाजी गरेका छन् ।

Advertisement

पूर्वघोषित कार्यक्रम अनुसार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । कानुन व्यवसायीहरु सर्वोच्च अदालततर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश बिचौलियाको नाइके भएको आरोप लगाएका छन् । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्दै जबराको राजीनामा माग गर्दै १९ जना न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article