पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

विप्लव समूहको आन्दोलनको कार्यक्रममा देशव्यापी बिरोध प्रदर्शनदेखि नेपाल बन्द समेत रहेको छ । आन्दोलनका कार्यक्रमहरुमा कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द रहेको छ ।

त्यस्तै पार्टीले मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ ।