समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भद्रपुर बडा नं.९ मा बडा भेला सम्पन्न

कमला भट्टराई/न्यूज डेक्स चन्द्रगढी (झापा)कार्तिक २५- नेपाली नागरिक पार्टी भद्रपुर नगर पालिका बडा नं.९ स्तरीय बडा भेला सम्पन्न भएको छ।बिहिबार भद्रपुर बडा नं.९ स्थित देवकोटा चोकमा भएको उक्त भेलामा प्रमुख अतिथि पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले भेलालाई सम्बोधन गर्दै नेपालमा नया सत्ताको स्थापना र संबिधान संशोधन सभा मार्फत बर्तमान सत्ताको परिबर्तन सहित सनातन हिन्दूराष्ट्र नेपालको निर्माणका लागि कसम खाकर अग्रगामी मार्गमा अघि बढेका देशभक्त राष्ट्रवादी शक्तिले देशमा ऐतिहासिक परिवर्तन गर्ने कुरामा प्रष्ट पारेका थिए ।

Advertisement

उनले बिदेशीहरुको चंगुलमा रहेको देशको राष्ट्रिय राजनीति र राज्य सत्ता बदल्नुको बिकल्प नरहेको कुरामा जोड दिएका छन । उक्त भेला कृष्ण प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय महासचिव तथा पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्र किशोर ढुंगाना, केन्द्रिय सद्स्य कृष्ण चुडाल लगायतका उपस्थिति मा भएको बडा भेलाले कृष्ण प्रसाद थपलियाको अध्यक्षतामा ९ सदस्यीय पार्टी बडा समिति गठन गरेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article