समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अस्पतालमा पार्टनरसीप दिलाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

महानगरीय अपराध महाशाखाले अस्पतालमा पार्टनरसीप दिलाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेको छ ।

Advertisement

आफू मेडिकल व्‍यवसाय गर्ने गरेको र नेपालस्थित मणिपाल अस्पताल खरीद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी गरी अस्पतालमा पार्टनरशीपको प्रलोभन दिइ ठगी गरी रकम भुक्तानी लिने गरेको सूचनाको आधारमा उनलाई बालुवाटारबाट अपराध महाशाखाले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा भारत कोडामबाक्कम, तमिलनाडु घर भइ हाल काठमाडौं महानगरपालिका-४ वालुवाटारमा बस्‍दै आएका ४४ वर्षीय शिवम विरुमुथु रहेका छन् ।

पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको र आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ । उनी २०७२ साल जेठ २२ गते पक्राउ परी वैदेशिक रोजगार सम्ब‍न्धी कसूरमा डिल्लीबजार कारागारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार धरौटी तिरेर रिहा भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article