स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बेलायतमा एकैदिन ४० हजार भन्दा बढि कोरोनाका नयाँ सङ्क्रमित फेला

बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

Advertisement

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।सङ्क्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । सङ्क्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ ।देशभरीका १२ वर्षमाथी बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Advertisement

त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article