गोरखा, अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेस सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् ।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा.२० च ९३३२ नम्बरको जिपलाई इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेस सहित फेला पारी जिप चालक प्रबिण सहित ४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।