समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाको आयोजनामा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध बिरोध प्रदर्शन: फोटोफिचर

चर्को मूल्यवृद्धिका बिरुद्ध झापाको दमक र मेचीनगरमा विप्लव नेकपाकाे विरोध प्रदर्शन झापा, २५ कात्तिक । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्को मूल्यवृद्धिकाे बिरुद्ध झापाको दमक र मेचीनगर स्थित इटाभट्टा चोकमा प्रदर्शन गरेको छ। झापाको दमकमा र मेचीनगरमा छुट्टाछुट्टै भएको विरोध प्रदर्शन कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका थिए।

Advertisement

Advertisement

मूल्यवृद्धिका बिरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, नालायक सरकार राजिनामा दे , भ्रष्टाचारी सरकार मुर्दावाद , दलाल सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए भने मेचीनगरमा भएको विरोध प्रदर्शनमा टायर समेत बालिएकाे थियोे । दमकमा विरोध प्रदर्शन पश्चात् भएको कोणसभामा बोल्दै नेकपाका जिल्ला कार्यालय सचिव सञ्जय राईले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबैलाई अपिल गरेका थिए।

यता मेचीनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर इन्चार्ज जितले सरकारले जनताको भावनालाई लत्याएर एकलौटी ढंगले अगाडि बढ्ने दुस्साहस गरेको भन्दै यसका बिरुद्ध पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायलाई प्रदर्शनमा उत्रन अपिल गरेका छन् । महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए।

महासचिव विप्लवले जारी गरेको विज्ञप्ति अनुसार कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू रहेका छन्,।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article