विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार ३ सय ४८ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड २६ लाख १९ हजार ८ सय ९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ५ सय ४ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख ९४ हजार ८ सय ६२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ४० हजार ४ सय ९५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २२ करोड ८५ लाख ४५ हजार ४५कोरोना संक्रमित निको भइसकेका छन् ।


त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ८० हजार ७ सय ७५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ७६ लाख ९३ हजार ५ सय १६ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ७७ लाख २९ हजार ४ सय ८९ कोरोना संक्रमित निको भइसकेका छन् ।