समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्वी चितवनको रत्ननगरबाट दुई क्विन्टल चरेस बरामद

पर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो ।

Advertisement

चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेस बरामद गरेको हो ।

Advertisement

रत्ननगर–१५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेस भेटिएको हो । गोदाममा चरेस रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ ।

यद्यपि प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन । अवैध लागूऔषध चरेसको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article