समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

रौतहटको मेलामा अन्तर्राष्ट्रिय पहलवानको चहलपहल

रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर स्थित महाबिरी झण्डा मेलामा अन्तर्राष्ट्रिय पहलवानहरूको चहलपहल देखिएको छ । शनिवार मेयर गोपाल प्रसाद यादवले दुईजना पहलवानको हात मिलाइ उद्घाटन गरेपछि कुस्ती सुरु भएको थियो ।

Advertisement

मेलामा कुस्ती खेल्न नवलपरासीका अन्तर्राष्ट्रिय पहलवान पहलाद दासको नेतृत्वमा नेपाल र भारत को विभिन्न स्थान बाट दर्जनौँ नामुद पहलवानका साथै केही महिला पहलवान आएका छन् । शनिवार मेयर यादव द्वारा औपचारिक उद्घाटन पछि १३० किलो तौलसम्मको ४ दर्जनभन्दा बढी पहलवान बीच कुस्ती भएको थियो। आइतबार १३० किलो तौल भन्दा माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष पहलवान र महिला पहलवान बीच कुस्ती हुने मेयर यादवले जानकारी दिए । कोरोना महामारीका कारण लगातार २ वर्ष मेलाको आयोजना हुन सकेको थिएन ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article