तुलसीपुरमा कुलोमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कब्यान्सन डाँगीको तुलसीपुर-१२ कौवापुरस्थित कुलोमा डुबेर शनिबार मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आमासँगै गाउँस्थित घरमा पुगेका बालकको कुलोमा कुलोमा डुबेर मृत्यु भएको हो। आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा बालक कुलोमा हाम फालेको र ह्युमपाइपमा मृत अवस्थामा फेला परेको डिएसपी अर्यालले बताए। शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
