समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भतिजिको जन्मदिन मनाउन पुगेका रिजनको स्थानीय युवाहरुको आक्रमणबाट मृत्यु

युवाहरुको दुई समुहबिच भिडन्त हुँदा एक जनाको ज्यान गएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा युवा युवाबीच झगडा हुँदा इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएका धनकुटा पाख्रीबासका रिजन दाहालको ज्यान गएको हो ।

Advertisement

मदिरा सेवन गरी स्थानीय युवाहरुको कुटपिटबाट दाहालकोे टाउकोमा खुकुरी प्रहार भएको थियो । गम्भिर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैँजादै गर्दा बाटोमा ने ज्यान गएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Advertisement

दाहाल आफ्नी भतिजीको जन्मदिन मनाउन उक्त स्थान आइतबार राति पुगेका थिए । जन्मदिनको पार्टीमा मदिरा सेवन गरी स्थानीय युवाहरुको आक्रमणबाट दाहालको ज्यान गएको हो । उत्तः झगडा छुटाउन गएका तिन जना समेत घाइते भएको प्रहरीले जनाएको छ ।

घटना पछि पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतक दाहालको शव पोष्मार्टमको लागि कोसी अस्पतालमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article