समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ट्याक्टर अनियन्त्रित भई सैलुनभित्र पस्यो : एकको मृत्यु, तीन घाइते

सप्तरीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो सवा ३ बजे खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर चोकमा स १ त ७०१९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

Advertisement

ट्याक्टर अनियन्त्रित भएपछि प्रकाश साहको घरमा भाडामा रहेको सैलुनभित्र छिरेको थियो। दुर्घटनामा परी खडक नगर वडा ६ चकवा बस्ने ७० वर्षीया अनारदेवी पासवानको मृत्यु भएको हो। टाउको र नाकमा चोट लागेर उनी गम्भीर अवस्थामा थिइन् । उपचारको लागि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरी लगिएको थियो।

Advertisement

अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चार जना घाइतेसमेत भएका छन्। उनीहरूको उपचारको लागि स्थानीय युनिभर्सल अस्पताल कल्याणपुर सप्तरीमा लगिएको थियो। ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्‍तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article