समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

यस्तो छ बन्दको प्रभाव, ११५ जना पक्राउ

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज(मंगलबार) आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वसाधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

Advertisement

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार काठमाडौंका दशलगायत देशभरबाट ११५ जनालाई पक्राउ गरिएको हो । भाडाका ठुला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।

Advertisement

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य वृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारी साधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article