समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मझेरी खाजा घरबाट आठ जना जुवाडे नगदसहित पक्राउ

पोखरमा प्रहरीले ८ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका-४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर सहति आठ जना रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास समेत बरामत गरेको छ । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)