गोलधाप ,२ मंसिर । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत आज झापा जिल्लामा प्रदेश पदाधिकारी लगायतले मनोनयन गर्ने कार्यक्रम रहेको छ।
झापा क्षेत्र नम्बर ३ प्रदेश ” ख ” मा आज बिहान ९ बजे देखि उम्मेद्बारी दर्ता शुरु भएको निर्वाचन समितिले बताएको छ ।
हल्दिवारी ,बाह्रदशी ,बिर्तामोड – १० र भद्रपुर -७ का ३३४ जना प्रतिनिधिहरुले मतदानमा भागलिने छ्न ।
क्षेत्र नम्बर ३ प्रदेश ” ख” मा तुलसि ओलि र ओम प्रकाश गौतम २ समूह बिच सामान्य प्रतिस्पर्धा हुने देखिएको छ । हल्दिवारीका युवा नेता तुलसी प्रसाद ओलिले सभापतिमा उम्मेद्बारी दिएका छ्न ।उनले आफ्नो टिमै बनाएर उम्मेद्बारी दिएको घोषणा समेत गरेका छ्न ।
उनको टिममा उपसभापतिमा टेक बहादुर राजवन्सी र पहलमान श्रेष्ठ , सचीवमा अर्जुन सिटौला र प्रकाश राजवन्सी ,सहसचिवमा गङ्गा प्रसाद उप्रेती र खगेन्द्र प्रसाद सुबेदीले पदाधिकारीमा उम्मेद्बारी घोषणा गरेका छ्न ।
हल्दिवारीका पाटी सभापति गङ्गा प्रसाईं र बाह्रदशीका सभापति इन्द्र बस्नेत लगायत ८० % भन्दा बढी प्रतिनिधिको ओलि समुहलाई समर्थन रहेको आकलन गरिएको छ ।
ओलिलाई काङ्ग्रेसका युवा नेता तथा प्रदेश ” ख ” का सभापति नवीन बिमलीको समर्थन रहेको छ भने गौतमलाई काङ्ग्रेस जिल्ला सदस्य भगिरथ पोद्दारको समर्थन रहेको जनाएको छ ।