हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सर्वोच्चको फूलकोर्ट बैठकले गर्यो यस्तो निर्णय

सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बाहेकका न्यायाधीशहरूको आज बसेको बैठकले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो। पूर्ण बैठकले नियमावली संशोधन गर्ने तथा निर्देशिका पास गर्ने निर्णय भएको बताइन्छ।

Advertisement

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट पेसी तोक्ने छ। आजको निर्णयसँगै करिब तीन सातादेखि अवरुद्ध इजलास सुरु हुनेछ। स्रोतका अनुसार नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ।

Advertisement

नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो। यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ। नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामाको माग भने कायमै रहने जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)