राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका ५ वटै वडामा  नेकपा माओवादी केन्द्रको अधिबेशन सम्पन्न 

जलथल  मंसिर  ४ । नेकपा माओवादी केन्द्र हल्दिवारी गाउँपालिकाको ५ वटै वडाको अधिबेशन सम्पन्न भएको छ ।
आज सम्पन्न वडा अधिबेशनले २९/२९ सदस्य कार्यसमिति चयन गरेको केन्द्रका जिल्ला सदस्य तथा सहकारी बिभाग प्रमुख भानु दङ्गालले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर १ मा त्रिलोचन मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले दिपक खरेल अध्यक्ष र सचीवमा मनोज राई सहितको २९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै वडा नम्बर २ मा सिपि कडिरियाको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले खकेन राजवन्सी अध्यक्ष र सारदा चम्लागाई सहितको २९ सदस्य कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी  वडा नम्बर ३,४ र ५ मा डिल्ली घिमिरेको प्रमुख आतिथ्यमा भएको अधिबेशनले क्रमश मंगल् मेचे / तिलादेवी दङ्गाल , उमेस बिमली / रण बहादुर बिक ,केशव बजगाई / सरण कुमार दङ्गाल अध्यक्ष – सचीव  सहितको २९-२९ सदस्य समिति चयन गरेको छ ।
 झापा जिल्लामै माओवादी केन्द्रको आधारसिला मानिएको हल्दिवारीलाई पुरानै अवस्थामा पुर्याउन ससक्त युवाहरूलाई जिम्मेवारीका साथ आगामी स्थानीय निर्वाचनमा समेत बिजय हासिल गर्ने लक्ष्यका साथ जिम्मेवारी दिएको सहकारी प्रमुख तथा झापा जिल्ला सदस्य भानु दङ्गालले बताउनु भयो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article