समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दीबारीले धानबालीमा क्षति बेहोरेका कृषकहरुलाई मालपोत करमा छुट दिने : प्रवक्ता सागर पोर्तेल

 हल्दीबारी l केही समय अघि परेको बेमौसमी अविरल बर्षाको कारणले धानबाली लडेर क्षति बहोरेका कृषकहरुलाई हल्दीबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ ।

Advertisement

आज मंसिर ०५ गते बसेको हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाइ राहत दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

Advertisement

प्रवक्ता पोर्तेलका अनुसार हल्दीबारी गाउँपालिकामा बेमौसमी बर्षाको कारणले पूर्ण रुपमा ९३७ विगाहा, आँशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा जमिनमा लगाइएको धानबालीमा क्षति भएको थियो ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकले पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आ.व. मा तिर्नुपर्ने मालपोतमा १०० प्रतिशत छुट दिने त्यस्तै आँशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको प्रवक्ता पोर्तेलले बताए ।

त्यस्तै गरि अधिया र ठेक्का खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमीनमा आवश्यक धानको बिउ गाउँपालिकाबाट निशुल्क उपलब्ध गराउने निर्णय भएको समेत प्रवक्ता पोर्तेलले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article