राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री देउवा र पत्नी आरजु डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिए

 संवाददाता- बिर्तामोड ,६ मंसिर ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा डडेलधुराबाट पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन्। उनीहरु सोमबार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

देउवाले मञ्‍जुरीनामामार्फत् महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। पार्टी विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ।

Advertisement

कांग्रेसले आज ६० जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article