समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली काँग्रेस झापा : उपसभापतिमा केशवराज पाण्डे नै किन ?

 झापा , बिर्तामोड । झापाली राजनीतिमा केशवराज पाण्डे चर्चित नाम हो । मेचीनगर निवासी तिनै युवा नेता पाण्डेले नेपाली काँग्रेस झापाको उपसभापति पदमा आफूलाई उभ्याएका छन् ।

Advertisement

नेपाली काँग्रेस पार्टीमा रहेर लामो समयदेखि राजनीतिक गर्दै आएका पाण्डेले यसअघि जिल्ला कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन् । पार्टीलाई कार्यकर्तासँग जोड्न र सञ्चालन गर्न उनको भूमिकालाई ‘कि पर्सन’ को रुपमा लिने गरिएको छ । यसमा मानेमा पनि युवा नेता पाण्डेको आवश्यकता काँग्रेस पार्टीमा सधैँ खड्किने गरेको छ ।

Advertisement

पार्टी हितका निम्ति सदैव निष्पक्ष रुपमा उभिदै आएका पाण्डे २०४९ सालमा स्ववियू सभापति बनेपछि राजनीतिमा सधैँ सक्रिय छन् । क्रमशः पार्टीको क्षेत्रीय समितिको जिम्मेवारी पूरा गर्दै उनी जिल्ला समितिमा पुगे । जिल्ला समितिमा दुईपटक सदस्य भइसकेपछि उनको आवश्यकतालाई बोध गर्दै कोषाध्यक्षको गहन जिम्मेवारी दिइयो । त्यो पनि उनले कुशलतापूर्वक पूरा गरिसकेका छन् ।

पाण्डे राजनीतिमा मात्रै होइन, सामाजिक तथा उद्योग वाणिज्य क्षेत्रमा पनि उत्तिकै सफल र सक्रिय छन् । लामो समय नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएर उद्योग व्यवसायको क्षेत्रमा योगदान दिलाए । उनकै पहल र प्रयत्नमा मेचीनगरमा औद्योगिक महोत्सवहरु आयोजना गरिए । राजनीति र व्यवसाय क्षेत्रलाई सँगसँगै अगाडि बढाएका युवा नेता पाण्डेले काँग्रेस पार्टीलाई अझ सुदृढ र चलायमान बनाउन आफूले उपसभापतिमा उम्मेद्वारी दिएको बताए ।

‘मैले पार्टी हितका निमित्त गरेको योगदानलाई कार्यकर्ताहरुले नजिकबाट बुझ्नु भएको छ,’ उनले भने, ‘यो नै मेरो जितको सुनिश्चित आधार हो भन्ने मलाई लाग्दछ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article