स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पहिलो पटक एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि,सम्पर्कमा आएकाहरुको खोजी गरिँदै

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन ।दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख आइफेडायो अडेटीफाले भन्नुभयो, “हामीले गरेको परीक्षणबाट नाइजेरियामा पहिलो ओमिक्रोन सङ्क्रमित भेटिएको छ ।”उहाँले ती सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुलाई आइसोलेसनमा राखेर परीक्षण समेत गर्न लागिएको जानकारी दिनुभयो ।

Advertisement

“ओमिक्रोन विश्वभरीको चासो र सरोकारको विषय हो, त्यसैले पनि हामीले सतर्कता अपनाउनु र थप फैलिनबाट रोक्नु पर्दछ,” उहाँले भन्नुभयो । नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई हजार ९७६ जनाको मृत्यु भएको र दुई लाख १४ हजार ११३ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।तर कतिपयले भने सरकारी अधिकारीहरुले दिएको विवरण भन्दा धेरैको मृत्यु भएको र त्यो भन्दा धेरै सङ्क्रमित भएको दाबी गरेका छन् ।

कोरोनाभाइरसको परीक्षण निकै कम मात्रै भएकाले पनि सङ्क्रमित भएका र मृत्यु भएकाहरुको विवरण कम देखिएको उनीहरुको भनाई छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article