समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विर्तामोड  । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ९ निवासी ४३ वर्षीय सम्पत् राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौला पुल नजिकको पेट्रोल पम्प अगाडि बिहीबार दिउँसो ३ बजे बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड- ९ निवासी ३१ वर्षीय शान्ता कार्की घाइते भएकी छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक भद्रपुर नगरपालिका-१० निवासी ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए ।times of pradesh
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article