समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतबाट वीरगंजतर्फ आउँदै गरेका २२ वर्षीय सुनिल र उनको साथी बिचैबाटोमा पक्राउ

अवैध लागु औषध सहित प्रहरीले दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने २२ वर्षीय सुनिल सोनार र मकवानपुर हेटौंडा महानगरपालिका-११ बस्ने आयुस बिश्वकर्मा रहेका छन् ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै उनीहरुलाई वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेका उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article