२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ ।

तर पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसके पछि नेता पौडेलले यस्तो बताएको नेताहरुले बताएका छन् ।

छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापतिमा दाबी बाट एककदम पनि पछि नहट्ने बताएपछि नेता पौडेलले राजनीतिबाटै अलग हुने बताएको नेता डा. रामशरण महतले पत्रकार हरु संघको सम्झिप्त कुराकानीमा बताएका हुन ।

उनले अघि भने, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले ।’