राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवाको रास्ट्रपति बनाउने प्रस्ताव किन टुक्र्याए सिटौलाले ?

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो अलग्गै प्यानल घोषणा गर्ने भएका छ्न ।

Advertisement
आज दिउँसो गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयबाट सिटौलाले प्यानल घोषणाको तयारी गरेका छन् । उक्त प्यान घोषणा कार्यक्रममा सिटौला पक्षका देशभरका नेता कार्यकर्ता सहभागी हुने जनाएको छ।
नेता सिटौलालाई पार्टी सभापति  शेर बहादुर देउवा र रामचन्द्र पौडेलले  समेत आफु संघ मिलेर  चुनावमा जान अनुरोध गरेपनी उनी आफ्नो टिम सहित निर्वाचनमा भाग लिन लागेको उनी निकट श्रोतले बताए ।
पार्टी सभापति देउवाले आम निर्वाचन पछि रास्ट्रपति समेत बनाउने भनेपनी सिटौला नमानेको देउवा निकट एक केन्द्रिय सदस्यले बताए ।
उता पौडेल समुहले उपसभापति बनाएर लैजान सिटौलालाई फकाएपनी उनी मानेनन् ।
सिटौला निकटका अनुसार उपसभापति ,१ महामन्त्री ,३ सहमहामन्त्री र केन्द्रिय सदस्य गरि आफ्नो टिमलाई दिलाउने किसिमले उनी लागि परेका छ्न ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article