हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

व्यक्ति हैन राष्ट्र केन्द्रीत कांग्रेस निर्माणमा जुट्नुस्’ :   काङ्ग्रेस नेता सिटौला 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षीय कार्यकर्ता भेलामा व्यक्ति नभएर राष्ट्र केन्द्रीत पार्टी निर्माणमा जुट्न आग्रह गरेका छन् । १४औं महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने,’ कांग्रेसको विचार, सिद्धान्त र नीति अनुसार काम गर्नुहोस् । व्यक्ति केन्द्रीत नभएर राष्ट्र केन्द्रीत पार्टी निर्माणमा जुट्न आग्रह गर्छु । ‘

Advertisement

Advertisement
उनले कांग्रेसमा जागरण आएको बताउँदै अबको कांग्रेस युवाहरुले नेतृत्व गर्नुपर्ने बताए। ‘ अब युवाहरु हिँड्नुपर्छ। युवाहरुको नेतृत्व गर्नुपर्छ,’ उनले भने,’ अब युवाहरुकै पालो हो। म युवाहरुलाई सबैको विश्वास जित्न र विश्वासपात्र बन्न आग्रह गर्छु।’
उनले अभाव,जोखिम र संकटमा आफूलाई साथ दिनेलाई निरन्तरता दिने र सधैं सहयोग हुने बताए।
उनले १३औं महाधिवेशनपछि बितेको ५ वर्षमा आफूले के पाए भन्दा पनि पार्टी एकताका लागि काम गरेको उल्लेख गरे। नेताहरुले राजनीतिलाई इमान्दारिताको बाटोतर्फ डोर्‍याउनुपर्नेमा उनको जोड छ। कान्तिपुरबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)