कांग्रेसमा युवा नेता प्रदीप पौडेललाई कृष्णप्रसाद सिटौलाले अघि सारेका छन् । आफूलाई लामो समयदेखि साथ दिंदै आएको भन्दै सिटौलाले एक कार्यक्रमकाबीच सिटौला आफ्नो समूहबाट सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

‘म सधैं युवा नेतहरूको पक्षमा छु । हामीसँग रहेर काम गर्नुभएका साथीहरूलाई धोका दिन सकिंदैन’ सिटौलाले घोषणा गरे, ‘यसैले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा प्रदीप पौडेल रहेको घोषणा गर्न चाहन्छु् ।’
नेता पौडेलले यस अघि नै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।

१३ औं महाधिवेशनबाट सिटौलाको तर्फबाट गगन थापा महामन्त्रीको उम्मदेवार बनेका थिए। तर, थापाले छोडेपछि सिटौलाले अर्का युवा नेता पौडेललाई १४ औं महाधिवेशनमा महामन्त्रीमा अघि सारेका हुन् ।
सिटौलाले प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्षसँग मिलेर प्रदेशको चुनाव जितेका थिए । तर, महाधिवेशनमा कुन समूहमा खुल्छन् वा आफ्नै समूहलाई अघि बढाउँछन् भन्ने खुलेको छैन । दुवै पक्षले सिटौलालाई तान्ने प्रयास गरिरहेका छन्।
