राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेता गाउँ जाँदा कुन चोर आएछ भन्छन् :लिङ्देन

   हल्दिबारी l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर गएका बताएका छन् । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले नेताहरुले जनताबाट विश्वास गुमाएको अवस्था भएको सुनाए । अध्यक्ष लिङ्देनले संसद संसदजस्तो नभएको र अदालत अदालतजस्तो नभएको उल्लेख गरे । उनले यो सबैलाई ठिक लगाउने राजनीतिले हो भन्दै राजनीतिक पनि ठिक नभएको टिप्पणी गरे । ‘नेताहरु गाउँको कार्यक्रममा पुग्दा जनताले कुन नेता आएछ होइन कुन चोर आएछ भन्न थालेका छन्,’ लिङ्देनले भने ।

Advertisement

उनले राजनीति ठिक लगाउने नेतामाथि विश्वास नभएको उल्लेख गरे । संवैधानिक राजतन्त्र, हिन्दू राज्य र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई लागू गर्न उनले आग्रह गर्दै देशमा राजसंस्था अपरिहार्य भएको बताए । उनले भने,‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री बन्न नपाउने प्रणाली बनाउनुपर्छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article