हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

“मात्र पद ! पदका लागि नहोस् राष्ट्र र जनताका लागि होस्’, : काङ्ग्रेस नेता सिटौला 

नेपाली काङ्ग्रेसका  नेता कृष्ण प्रसाद सिटौलाले गुटबन्दीले कोरेको विभाजनको  रेखालाई पुर्नुपर्ने धारणा राखेका छ्न  l
आजबाट शुरु भएको काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै  सिटौलाले शनिबार उमेदवारी घोषणा गर्ने बताएका छन् । उमेदवारी घोषणा गर्दा आफ्ना थप कुरा राख्ने उनले बताए ।
कांग्रेसको महाधिवेशनले युवाको जागर अभिबृद्धि भएको आफूले पाएको बताएका सिटौलाले युवाहरूलाई साथमा लिएर अगाडि बड्न समेत आह्वान  गर्दै  नेतृत्वमा आउन चाहने युवाहरूको उदेश्य स्पष्ट हुनुपर्ने बताए ।
नेता सिटौला भने ‘के का लागि पार्टीको नेतृत्व गर्न चाहँदै हुनुहुन्छ त्यो प्रष्ट होस् । मात्र पद पदका लागि नहोस् राष्ट्र र जनताका लागि होस्’,
सिटौलाले प्रदीप पौडेलजस्ता युवालाई आफूले साथ दिने बताए । पौडेलले सिटौलाको प्यानलबाट महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।
यस महाधिवेशनमा ६ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरु  सिटौला निकटले जितेकोले पनि उनी र उनको समुहनै निर्णायक हुने  देखिन्छ ।
सिटौला आफै पनि  सभापतिका दाबेदार  समेत भएको र पदाधिकारीमा भागबन्डा   मिलेमा उनले शेरबहादुर देउवा वा रामचन्द्र पौडेलमध्ये एकलाई सघाउने सम्भावना  रहेको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)