राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिटौला समूहले देउवा  सँग गठबन्धन गर्ने :  ३ पदाधिकारी र २५  % केन्द्रिय सदस्यमा सहमत 

 नेपाली कांग्रेसका नेता कृष्ण सिटौला पक्षले १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षसँग मिलेर चुनावमा भाग लिने भएका छन् ।
१३ औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलाले पदाधिकारीमा ३ वटा उम्मेदवारी सुनिश्चित गरेर संस्थापन पक्षसँग गठबन्धन गर्ने भएका हुन्।

देउवासँग गठबन्धन गर्दा पदाधिकारीमा ३ वटा पद  उपसभापति ,महामन्त्री र १ सहमहामन्त्री  २५ % केन्द्रिय सदस्यमा सहमति  नजिक पुगेको सिटौलाका बिश्वास पात्र प्रेम भट्टराईले बताए।

Advertisement

सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी अगाडि बढाएका छन् ।

Advertisement
 उनले केन्द्रिय सदस्यमा  आफू निकट ५०%  युवाहरूलाई ठाउँ दिन लागेको समेत सिटौला निकट श्रोतको दावी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article