राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिंह र कोइरालाले सभापति र उपसभापतिमा उम्मेद्धवारी दर्ता गराए

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनको टिमबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेद्धवारी दर्ता गराएकी हुन् ।

Advertisement

Advertisement

त्यस्तै, उनकै टिमबाट प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा उम्मेद्धवारी दर्ता गराएको बुझिएको छ । यद्धपी शर्माले आफू कुन प्यानलबाट उम्मेद्धवारी दिएको भनेर खुलाएका थिएनन् ।

उम्मेद्धवारी दर्ता गराउन सिंह र कोइराला राष्ट्रियसभा पुग्दा बाजागाजासहित पुगेका थिए । उनीहरु ठूलो समर्थकका साथ सभागृह पुगेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article