राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवाले टुङ्गो लगाए प्यानल, महामन्त्रीमा  पौडेल र  महत (नामावलीसहित)

काँग्रेस सभापति शेरबहादुर देउवाले अर्को कार्यकालका लागि चुनाव लड्न आफ्नो टीम फाइनल गरेका छन् । बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Advertisement

यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको छ । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन् ।

Advertisement

यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको छ  ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article