राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काङ्ग्रेस महामन्त्रीमा शर्माको उम्मेद्बारीले युवाहरूमा उत्साह

हल्दिबारी l कांग्रेको १४ औं महाधिवेशनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । अन्तिम समयसम्म कुनै पनि प्यानलमा नअटेका शर्माले अन्ततः प्रकाश मान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Advertisement

महामन्त्रीमा उम्मेदवारी दिन शर्माले लामो समयदेखि तयारी गरे पनि देउवा ,कोइराला र निधिले समेत वास्ता नगरेपछि उनी सिंह प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

Advertisement

नेपाल विद्यार्थी संघ झापाको सदस्य ,सभापति ,केन्द्रिय सदस्य ,महामन्त्री हुँदै केन्द्रिय सभापति भइ सकेका शर्मालाई झापाबाट प्रतिनिधिहरुको ९५ प्रतिशात मत जाने बिश्वास गरिएको छ । झापा काङ्ग्रेसको सभापतिमा पराजित भएका शर्मा ,काङ्ग्रेसको केन्द्रिय सदस्य हुँदै प्रवक्ता समेत रहि सकेका छ्न ।

नेपाली काङ्ग्रेसका युवाहरू बिच शर्मा र प्रदीप पौडेललाई भोलिको महामन्त्री हेरिएको छ । उनीहरुको छविमा कुनै ? नउठेको कारण पनि भोलि उनीहरुको बिजय सुनिश्चित रहेको देख्न सकिन्छ । पुर्वमाबाट शर्मा र पश्चिम्माबाट पौडेलले महामन्त्रीमा दिएको उम्मेद्बारीले अरु उम्मेद्बारहरु फिका जस्तै देखिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article