राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निर्मलनिवासको हस्तक्षेप छानविन गर्न समिति बनाइयोस्ः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित नेता कमल थापाले महाधिवेशनमा निर्मलनिवासमा भएको अस्तक्षेप छानविन गर्न माग गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीको बृहत्तर हित र एकताको पक्षमा मन, वचन र कर्मले प्रतिबद्ध भएको दाबी गरेका छन्।

Advertisement

‘पार्टीमा मेरो रगत पसिना बगेको छ। मलाई राप्रपाको धेरै माया छ। पार्टीका हजारौं कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ,’ उनले पत्रमा लेखेका छन्, ‘पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मलनिवासको योजनाकाबारे पार्टीभित्र बहस सुरू गर्नुहोस्।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article